आर्यनले जती गर्दा पनि भएन

समय बितेपछि फेरि फर्किएर आउँदैन भन्छन् । नायक आर्यन सिग्देल अहिले यही सोच्दै होलान् । किनकी, केही बर्ष अगाडिसम्म आर्यनका लागि बक्स अफिसमा दर्शकको ठूलो लाइन देख्नु नौलो कुरा थिएन । उनका हरेक फिल्मले दर्शकको साथ गज्जबैले पाउथ्य ।

तर, अहिले समय फेरिएको छ । आर्यन फेरि पनि दर्शकको लामो लाइन हलमा लागोस् भनेर मरिहत्ते गरिरहेका छन् । तर, समयले साथ नै दिएको छैन ।

यो बर्ष त उनले फिल्म ‘डिसेम्बर फल्स’का लागि के गरेनन् । फिल्मको पोष्ट प्रोडक्शनमा समेत समय दिए । प्रचारमा त आर्यनले कुनै कसर बाँकी राखेनन् । मिडियादेखि भाग्ने आर्यन फिल्म प्रचारका लागि कहाँ पुगेनन् ।

तर, बक्स अफिसमा उनको स्टारडमको कुनै जादु नै चलेन । न त, फिल्मले नै दर्शक तान्यो । निर्माताले लगाएको ३ करोड स्वाहा नै भयो । अब, निर्माता रामप्रसाद रिजालले फिल्म बनाउँछन् या बनाउँदैनन् थाहा छैन ।

आर्यन सिग्देलले मधुसुदन भट्टराइको नयाँ फिल्म साइन त गरेका छन् । तर, उनले जुन मिहिनेत ‘डिसेम्बर फल्स’का लागि लगाएका थिए, त्यसले प्रतिफल पाएन । आखिर, आर्यनलाई जति गर्दा पनि भैराखेको किन छैन ?