नकारात्मक प्रतिक्रिया दिनेमाथि समीक्षाको आक्रोश, लेखिन्–‘मेरो गीत नसुन, तर गीत गाउँन छाड्दिनँ’
गायिका समिक्षा अधिकारी बेलाबेलामा आफ्नो सामाजिक सञ्जालमा फेसबुकमा केहि न केही स्ट्याटस मार्फत धारणा व्यक्त गरिरहेकी हुन्छिन् । तर समिक्षाले पछिल्लो केही समययता भने सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको सामना पनि गर्दै आइरहेकी छिन् । धेरै नकारात्मक कमेन्ट आउँदा उनले केही समय सामाजिक सञ्जालमा ‘कमेन्ट अफ’ समेत गरेकी थिइन् । उनलाई नकारात्मक कमेन्टहरु आउने क्रम अझै पनि सेलाएको छैन ।
समीक्षाले आफ्नो स्टाटसमा आफूमाथि अभद्र र तल्लो स्तरको गाली गर्नेहरुमाथि आक्रोश व्यक्त गरेकी छिन् । आफूले जस्तो सुकै गालीको पनि अब सामाना गर्ने भन्दै समीक्षाले गीत गाउन नछाड्ने समेत उल्लेख गरेकी छिन् । म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?’ सम्म भन्न भ्याएकी छिन् ।’
उनले लेखेकी छिन्- ‘एउटा ठुलै विद्वानले भनेका रैछन् मान्छे तिन किसीमका हुन्छन् । उच्च स्तरको त्यो हो जसले बिचार र सिद्धान्तका कुरा गर्छ ब्यक्तिको होइन ब्यक्तित्वको कुरा गर्छ । मध्यम स्तरका ति हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ अरुको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटीया हुन्छ । यी रुख होइनन्, फल र फूल पनि होइनन्, पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने । यहाँ अरुको कुरा काट्ने यस्ता घस्यौटा धेरै छन् ।
सानो उमेरमा छोरी मान्छे बहकिन्छन्, राम्रो नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरुलाइ थाहा हुँदैन । सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ । म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गित नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ ।
कसैलाई मेरो गीत सुन्नु छैन भने नसून र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?
हुन त हिउँदका कठ्याङ्ग्रिदा दिनमा घसौटा बटुलेर आगो ताप्नुपर्दो रहेछ । एउटी दीदीले भन्नुहुन्थ्यो, जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ, यो कुरा मलाई पनि ठिकै लाग्छ । नबोले त यहाँ हेप्छन्, घस्यौटाहरु मनलागी उड्छन् ।
प्रतिक्रिया