के ‘छक्का पन्जा’ टिमसँग काम गर्दा जितुले खुम्चिएको महशुश गरेका थिए ?
कलाकार जितु नेपाल अब एकल रुपमा स्टारडम चम्काउने दाउमा छन् । उनी अभिनित फिल्म ‘ह्यारी कि प्यारी’ माघको २० गतेबाट देशभर रिलिज हुँदैछ । यो फिल्ममा जितु एकल नायकको रुपमा छन् । उनलाई नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले साथ दिएकी छिन् ।
फिल्मको ट्रेलरमा पनि जितु छाएका छन् । यस भन्दा अगाडि उनले दीपकराज गिरी र उनको टिमसँग काम गर्दा ट्रेलरदेखि फिल्ममा पुरा स्थान पाएका थिएनन् । किनकी, दीपकको फिल्ममा कलाकार नै धेरै हुन्छन् ।
के ‘छक्का पन्जा’को टिमसँग काम गर्दा जितुले आफूलाई खुम्चिएको महशुश गरेका थिए ?
मेरो फिल्मको यो प्रश्नमा जितुले भने–‘मैले कहिले पनि दीपक दाइहरुसँग काम गर्दा खुम्चिएको महुशश गरेको थिइनँ । दीपक दाइलाई पनि निक्कै गाह्रो थियो । आफूदेखि केदार घिमिरे, मलाई भूमिका दिन गाह्रो थियो । अहिले केही बढी स्थान पाएको मात्र हुँ । तर, उहाँहरुसँग काम गर्दा खुम्चिएको भन्न पनि मिल्दैन ।’
जितु अहिले यो टिमसँग अलग भैसकेका छन् । बरु, उनले दीनेश डिसीलाई निर्देशकको रुपमा लिएर नयाँ फिल्म बनाउने तयारी समेत गरेका छन् ।
प्रतिक्रिया