निर्देशक भट्टराईको नयाँ फिल्ममा आर्यन र मुकुनको जोडी बन्दै साक्षी

अभिनेतादोय आर्यन सिग्देल र मुकुन भुसालको मुख्य भूमिका रहने एक अन टाइटल प्रोजेक्टमा नायिका फाइनल गरिएको छ ।

निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने नयाँ फिल्मका लागि निर्माणपक्षले मोडल साक्षी लम्सालसँग कागजी सम्झौता गरेको छ ।

साक्षी यो फिल्ममा फाइनल भए पनि अझै एक जना नायिका भने पक्का गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ । फिल्ममा आर्यन सिग्देल र मुकुन भुसाल यसअघि नै अनुबन्धित भैसकेका हुन् ।

यो फिल्म जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुने लागेको हो । फिल्म पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ ।

फिल्ममा छिरिङ्ग तेन्दुप शेर्पा, विजय चन्द, भुवन कुमार काफ्ले निर्माताको रूपमा छन् । फागुनको पहिलो साताबाट छायांकन सुरु हुने फिल्मलाई लक्ष्मण सुवेदीले लेखेका हुन् ।