निर्देशक अरुण झाको निधन
पुराना फिल्म लेखक एवं निर्देशक अरुण कुमार झाको निधन भएको छ ।
निर्देशक झाको हृदयघातमा कारण आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा ७२ वर्षको उमेरमा उनको निधन भएको हो।
हृदयघातमा कारण निधन भएको उनका समकालीन वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी दिए । लामो समयदेखि उनी विभिन्न रोगबाट ग्रसित थिए । दोस्रोपटक हृदयघात भएपछि उनलाई आइतबार बिहानै अस्पताल पुर्याईएको थियो ।
झाले ‘सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएनी’ जस्ता नेपाली फिल्मका साथै टेलिफिल्म तथा वृत्तचित्रहरू पनि निर्देशन गरेका थिए । झाले अन्तिम पटक सन् २००० मा फिल्म ‘सोल्टिनी’ निर्माण तथा निर्देशन गरेका थिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
प्रतिक्रिया