प्राविधिक संघमा सहमतीः ३५ दिन भित्र चुनावी अधिबेशन गर्ने
नेपाली चलचित्र प्राविधिक संघको कार्यसमिती र आन्दोलनरत सदस्यहरुबिच ३५ दिन भित्र साधारण सभा गर्ने सहमती भएको छ । प्राविधिक संघका केही सदस्यहरुले संघ अवैधानिक र मनोमानी ढंगले चलेको भन्दै आज केन्द्रिय कार्यलयमा ताला लगाउने चेतावनी दिदै माग प्रस्तुत गरेका थिए ।
सदस्यहरुको मागपछि आफूहरुबाट गल्ती भएको बताउँदै अध्यक्ष पुष्कर लामा र उनको टिमले ३५ दिन भित्र साधारण सभा गर्ने प्रतिबद्धता जनाएको छ ।
आन्दोलनरत पक्षका एक सदस्य अनन्त तिमिल्सिनाले मेरो फिल्मसँग भने–‘ताला लगाउँदा सम्पूर्ण सम्पत्ती नै जिल्ला प्रशासन कार्यलयले जफत गर्दोरहेछ । यसैले, हामीले ३५ दिन भित्र चुनाबी अधिवेशन गर्ने सहमती गरेका छौं ।
जसअनुसार, आज सूचना निकालेर भोली राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशित हुन्छ । यदि, गरेको प्रतिबद्धता पुरा गर्नु भएन भने हामीले नयाँ विकल्प सोच्छौं ।’
आन्दोलनरत सदस्यहरुसँग वार्ता गरेपछि प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको अध्यक्षतामा कार्यसमितीको बैठक बसिरहेको छ ।
प्रतिक्रिया