गायक समिर आचार्यले ल्याए फरक शैलीको नयाँ गीत “गीत”

सांगीतिक क्षेत्रमा सक्रिय छन् गायक समिर आचार्य । उनै चर्चित गायक आचार्यको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । आचार्यकै शब्द, संगीत रहेको ‘गीत- धानको बाला लारिलारी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा मोहित मुनालको संगीत संयोजक रहेको छ भने, धर्म गन्दर्भले सारङ्गीमा साथ दिएका छन् । गीतको भिडियोमा गायक आचार्य, प्रविण खरेल र प्रियना आचार्यको अभिनय रहेको छ । राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन् ।

शान थापाले निर्देशन गरेको यो गीतको भिडियो ‘नेपमेलो’युटुवबाट सार्वजनिक गरिएको छ । फरक शैलीको नयाँ गीत “गीत” पहिलेका गीतहरू झैँ दर्शक स्रोताले रुचाउनेमा आफू विश्वस्त रहेको गायक समीर आचार्यले बताएका छन् ।

‘दुनियाँ बेग्लै छ , हैन भन्देऊ न माया’ ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’ झम्के माया जस्ता दर्जनौँ हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइरहेका समिर को यो पछिल्लो गीत ‘गीत’ आज शनिवार सार्वजनिक भएको हो ।