‘नेफ्टा अवार्ड’को तयारीका लागि अमेरिकाको आयोजक टिम नेपालमा
अमेरिकाको टेक्ससमा आयोजना हुन लागेको नेफ्टा अवार्डको ११ संस्करणको तयारी भव्य रुपमा भैरहेको छ । पहिलो पटक अमेरिकामा आयोजना हुन लागेकाले पनि यो अवार्डलाई लिएर फिल्म क्षेत्रमा चासो बढेको छ ।
यसैबिच, यो अवार्डको तयारीका लागि अमेरिकाबाट आयोजकको टिम नेपाल आएको छ । नेपाल चलचित्र प्राविधिक संद्धले आयोजना गर्दै आएको यस अवार्डको मुख्य आयोजकको रुपमा रहेका यूएस खबर मिडिया नेटवर्क कर्पोरेशनका ओम आचार्य र फेम नेपालका विमल पछाई अवार्डको तयारीका लागि नेपाल आएका हुन् ।
अवार्डको ११ औं सस्करण अमेरिकाको टेक्ससको ग्रान्ड पेरीस्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुँदैछ । अवार्डको शिर्ष गीतलाई अल्मोडा राना उप्रेती तयार पारिरहेका छन् । आयोजकका सदस्य किशन रेग्मीका अनुसार अमेरिकामा पत्रकार सम्मेलन, वेवसाइट लन्च, शिर्ष गीतका लागि संगीतकार अनुबन्धित गरेर आयोजकका २ सदस्य नेपाल आएका हुन् । नेपालमा पत्रकार सम्मेलन, कलाकारसँग संझौता लगायतको काम गर्ने तयारी उनीहरुको छ ।
अवार्ड सम्पन्न गर्नका लागि ८८४८ मिडिया हाउस र आर्यन फिल्मस्ले पनि आयोजकका रुपमा भूमिका निभाउने छन् । यो अवार्ड आगामी जेठ १३ गते आयोजना हुँदैछ ।
प्रतिक्रिया