के आँचलले स्वस्तिमासँग काम गर्न नमानेकी हुन् ?

के आँचलले स्वस्तिमासँग काम गर्न नमानेकी हुन् ?

मेरो फिल्मले बिहिबारमात्र नायिका स्वस्तिमा खड्का र वर्षा राउतले निर्मात्रीबाट निर्देशक बन्न लागेकी कृषा चौलागाइको फिल्ममा काम गर्न लागेको खबर सार्वजनिक गरेको थियो । यो फिल्मको नाम तय भएको छैन भने वर्कशप चलिरहेको छ ।

यो फिल्मको बारेमा मेरो फिल्मलाई अर्को खबर। प्राप्त भएको छ । कृषाले फिल्मका लागि वर्षा अघि नायिका आँचल शर्मालाई अफर गरेकी थिइन् । आँचलसँग एक चरण मिटिङ पनि भएको थियो । तर, आँचलले फिल्ममा काम गर्न अस्विकार गरेको श्रोतले बताएको छ ।

स्वस्तिमा र आँचलले प्रकाश सपुतको हिट गीत ‘कुरा वुझ्नु पर्छ’मा काम गरेका थिए । यसपछि, यी दुइले एकसाथ काम गरेका छैनन् ।

आँचल फिल्म ‘नाई नभन्नु ल ६’मा व्यस्त छिन् भने स्वस्तिमाले ‘चिसो मान्छे’पछि कृषाको फिल्म साइन गरेकी हुन् ।

प्रतिक्रिया