सुहाना र धिरजको ‘भगवत् गीता’मा सौगातको इन्ट्री

माघ महिनाको २० गतेबाट निर्माता सुनिल कुमार थापा फिल्म ‘भगवत् गीता’को छायांकन गर्ने तयारीमा छन् । उसो त, यो फिल्मको छायांकन केही महिना अगाडि नै हुनुपर्ने थियो । तर, फिल्मको स्क्रिप्ट हेरफेर र नायकको खोजीका कारण केही ढिलो हुन गएको हो ।

यो फिल्ममा नायिका सुहाना थापा र नायक धिरज मगरको मुख्य भूमिका रहने पक्का भैसकेको छ । अब, फिल्ममा नायक सौगात मल्लको पनि प्रवेश भएको छ । श्रोतका अनुसार, सौगातले फिल्म साइन गरिसकेका छन् ।

तर, निर्माता सुनिल कुमार थापाले मेरो फिल्मसँग कुरा गर्दै सौगातसँग कुरा भैरहेपनि कागजी संझौता भने भैनसकेको बताए ।

झरना थापाको निर्देशनमा तयार हुने फिल्मलाई बैशाख १ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ । तर, छायांकन नै ढिलो सुरु भएका कारण अब निर्धारित मितिमा यो फिल्म रिलिज हुने संभावना छैन । झरना र सुनिलको ब्यानरमा सौगातले पहिलो पटक काम गर्न लागेका हुन् ।