सुशील श्रेष्ठ स्टारर ‘द आउट ल’ को शुभ मुहर्तसँगै छायांकन प्रारम्भ
फिल्म ‘द आउट ल’ को शुभ मुहर्त गरिएको छ । अंगेजी नयाँ बर्षका दिन थिम टिजर र फस्टलुक पोस्टर सार्वजनिक ‘द आउट ल’ निर्माण टिमले बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा पुजाआजा गर्दै क्यामेरा अन गरेको हो ।
यस्तै, निर्माण टिमले फिल्मको आजै ललितपुर नजिकैको एक सेटबाट ४० दिनभित्र छायांकन सक्नेगरी छायांकन प्रारम्भ पनि गरेको छ । रेट्रो ग्रुपको व्यानरमा निर्माण गर्न लागिएको यो फिल्ममा अभिनेता शुुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।
यो फिल्म कानुन नमान्ने व्यक्तिको कथा बोल्ने र पुर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुने भएको छ। फिल्मको निर्देशक बिक्की महर्जन रहेका छन् ।
मुहर्त कार्यक्रममा मिडियाकर्मीसँग निर्देशक महर्जनले भने, ‘अंगेजी नयाँ बर्षको दिन सार्वजनिक भएको टिजर र फस्ट लुक पोस्टरबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले थप मिहेनतका साथ काम गर्ने अठोट लिएको प्रतिक्रिया दिए ।’ ‘‘हामीले दर्शक तथा मिडियाबाट यसअघिका कन्टेन्टबाट राम्रो प्रतिक्रिया पाएका छौं । हामी धेरै लामो समयको तयारीपछि अहिले फ्लोरमा जान लागेका हौं । पक्कैपनि प्रोजेक्ट राम्रो बन्नेछ ।’
निर्माण टिमले आगामी बर्षको दशैं आसपासको समयमा प्रदर्शन गर्ने काम थालेको हो । तर, फिल्मको छायांक्न नसक्दै प्रदर्शन मितिबारे केहि नबोल्ने निर्माता शशांक खड्काले बताए । उनले भने, ‘एउटा जुझारु युवाहरुको टिम लिएर काम हुँदैछ । स्क्रिप्टदेखि टिम मेम्बरसम्म राम्रो बनेको छ । आउपुट पनि राम्रो आउँछ भन्ने कुरामा म लगायत मेरो टिम विश्वस्त छ ।’
अभिनेता सुशीलको लागि यो फिल्म कोरोना महामारीपछि कमब्याक प्रोजेक्ट रहेको छ । उनले एउटा राम्रो कथामा काम गर्न पाउँदा खुसी लागेको बताए । शुभ मुहुर्त कार्यक्रममा अभिनेत्री शिक्षा संर्गौला तथा फिल्म निर्माण टिमका सम्पुर्ण सदस्य सँगै निर्देशक मिलन चाम्स लगायतका विभिन्न व्यक्तिको समेत उपस्थित थियो ।
शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत फिल्म ‘प्रेम गीत ३’ का आर्ट डिरेक्टर समेत हुन् । नविन गुरुङ फिल्मका डिओपी हुन् । २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो फिल्मका अधिकांश दृश्यको काठमाडौं उपत्यकाभित्रै छायांकन गर्ने बताइएको छ ।
प्रतिक्रिया