अक्षय कुमारले छाडे आनन्द एल रायको फिल्म ‘गोरखा
बलिउड अभिनेता अक्षय कुमार ती कलाकारमा गनिन्छन् जो ब्याक टु ब्याक सुटिङमा व्यस्त हुन्छन् ।
अक्षयका केही फिल्म रिलिजको तयारीमा छन् । तर पछिल्लो घटनाक्रममा अक्षयले निर्देशक आनन्द एल रायको फिल्म छोडेको खबर आएको छ ।
हिन्दुस्तान टाइम्समा अनुसार अक्षयले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन् । यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो । यो फिल्म सन् १९७१ को युद्धमा आधारित थियो ।
मेजर जनरल इयान कार्डोजोले सन् १९७१ को युद्धमा उनको खुट्टा एक लेन्ड लाइनमा परेपछि खुकुरीले आफ्नो खुट्टा काटेका थिए । उनी भारतिय सेनाका गारखा रेजिमेन्ट (पाँचौ गोरखा राइफल्स)बाट युद्ध लडेका थिए । उनले सन् १९६२, १९६५ को युद्ध र खासगरी सन् १९७१ को भारत–पाकिस्तान युद्ध लडेका थिए । युद्धको क्रममा उनको एउटा खुट्टा क्षतविक्षत भएको थियो । त्यसको तत्काल उपचार संभव नहुँदा उनले आफ्नै खुट्टा काटेर अलग गरेका थिए ।
मेजर जनरल कार्डोजोको युनिटका केही दिग्गजहरूले घटनाहरूको उनको यो बायोपिक फिल्म माथि प्रश्न उठाएका थिए र अक्षयले सशस्त्र बलहरूप्रति अत्यन्तै सम्मान गरेको हुनाले, शङ्काको छाया हुन सक्ने कथासँग सम्बद्ध हुन उनी चाहँदैनन्। अक्षय फिल्मबाट अलग्गिएको उनका प्रवक्ताले पुष्टि गरेका छन् । तर के कारणले उनी अलग्गिए भन्ने विस्तृत खुलाएका छैनन् ।
‘गोरखा’ भन्ने वित्तिकै नेपाली गोर्खा सैनिक जोडिन्छन् । यस फिल्ममा भारतको गोर्खा रेजिमेन्टमा रहेका नेपालीको वहादुरीलाई पनि समेटिएको छ । निर्देशक रायका अनुसार फिल्मको स्क्रिप्टको काम अन्तिम चरणमा रहेको छ । कथा पूरा भएपछि फिल्मको छायांकन सुरु गर्ने रायको योजना भए पनि अक्षय पछि हटेपछि कसलाई अभिनय गराउने भन्नेमा अन्यौलमा छन् ।
प्रतिक्रिया