‘मिस्टर ग्लोबल’मा सहभागी हुँदै नूतन

‘मिष्टर नेपाल वर्ल्ड’ नूतन श्रेष्ठले ‘मिष्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको छ । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगीतामा पठाउन लागेको हो । यो बर्ष ‘मिष्टर वर्ल्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिष्टर ग्लोबल’ मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका प्रमुख रवि धमलाले बताए ।

अगामी फेब्रुअरी २ देखि १२ तारिकसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगीता उनी नेपाली कलासंस्कृति सहित सहभागी हुन लागेका हुन् । जसका लागि उनले प्रशिक्षणदेखि बिभिन्न तयारी समेत गरिरहेका छन् । यो प्रतियोगीतामा ६० देशका प्रतिनिधीहरुले सहभागीता जनाउनेछन् ।

श्रेष्ठ ‘मिष्टर नेपाल वर्ल्ड २०२२’ का विजेता पनि हुन् । ‘मिष्टर नेपाल’ पुरुषहरु सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । २६ बर्षका श्रेष्ठले ३५ सहभागीलाई पछि पार्दै उपाधि जितेका थिए । नूतनले उपाधि नै यसपटक नेपाल भित्राउने दाबी गरे ।