‘तिम्रो मेरो साथ’को प्रचारमा देखिएको क्रेज हलमा देखिएला त ?
फिल्म ‘तिम्रो मेरो साथ’को प्रचारका लागि मोफसलमा पुग्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज गज्जब देखियो । उनी पुगेका हरेक ठाउँमा दर्शकले उनलाई घेरे र सेल्फी खिचे ।
इटहरीमा त सडकबाटै हात हल्लाएर साम्राज्ञी र नायक पुष्प खड्काले दर्शकलाई अभिभावदन गरे । मोफसलका दर्शकमाझ देखिएको फिल्मप्रतिको चासो र उत्सुकताले यसका निर्देशक तथा निर्माता रमेश एम के पौडेल पनि दंग छन् । यो क्रेज हलसम्म फर्किनेमा उनीहरु विश्वस्त पनि देखिएका छन् ।
साम्राज्ञीले पनि फिल्मको प्रचारमा कुनै कसर बाँकी राखेकी छैनन् । किनकी, उनका लागि यो फिल्म चल्न आवश्यक छ ।
तर, सडकमा देखिएको क्रेज हलसम्म फर्किएला त भन्ने प्रश्न उठ्न सक्छ । किनकी, यसअघि पनि कैयौं फिल्महरुको प्रचारमा दर्शकको ठुलो भीड लागेपनि हलसम्म नदेखिएको उदाहरण प्रष्ट छ ।
यसपटक, पुष्प र साम्राज्ञीको साथमा कलाकार सन्दीप क्षेत्री पनि हलसम्म दर्शक आउनेमा विश्वस्त छन् । फिल्मको ट्रेलर र गीतसंगीतले पनि दर्शकको माया पाएको भन्दै उनीहरु आशावादी देखिएका छन् । मोफसलको प्रचार सकेर केही दिनयता यसको टिम काठमाडौं केन्द्रित प्रचारमा व्यस्त छ ।
प्रतिक्रिया