सौरभको निर्देशनमा एक्सनप्रधान ‘अगस्त्य’को घोषणा, २ च्याप्टरमा बन्नेछ फिल्म
हिन्दु धर्मका सात ऋषिमध्ये एक ऋषिको नामबाट निर्देशक सौरभ चौधरीले नयाँ फिल्मको घोषणा गरेका छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर सौरभले नयाँ फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’को च्याप्टर वानको घोषणा गरिएको छ ।
सार्वजनिक फिल्मको थिम पोष्टरबाट यसको जनरा वुझ्न सकिन्छ । फिल्मलाई पूर्ण रुपमा एक्सनप्रधान बनाउने सौरभको तयारी छ ।
यो फिल्मलाइृ प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्दैछन् । राजेश श्रेष्ठको छायांकन रहने फिल्ममा कथा, पटकथा तथा संवाद नै निर्देशक चौधरीको रहनेछ ।
कलाकारको तय नभैसकेको फिल्मको छायांकन नेपाल र भारतमा गरिने सौरभले बताएका छन् । उनका अनुसार, फिल्ममा केही भारतीय कलाकारको पनि अभिनय रहनेछ ।
यो फिल्मलाई दुई च्याप्टरमा निर्माण गरिनेछ । दुबै च्याप्टरको कथा समेत लेखिसकिएको सौरभले बताए ।
सौरभले यो फिल्मका लागि आफूले साढे २ बर्षदेखि कथा लेखेको बताए । फिल्मका निर्माता मल्लले पनि कथावस्तु सुनेपछि फिल्ममा लगानी गर्न उत्साहित भएको बताएका छन् ।
प्रतिक्रिया