उता ‘एनिमल’मा रणवीरको फस्टलुक आयो, यता विपिनले फिल्म छाडे

नायक विपिन कार्की विगत केही हप्तादेखि फिल्म ‘प्रसाद २’को छायांकनमा जोडतोडले लागिरहेका छन् । फिल्मको छायांकन माछापुछ्रे गाउँपालिकामा भैरहेको छ ।

विपिनले यो फिल्ममा काम गर्नु भन्दा पहिले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने भन्दै मुम्बई हानिएका थिए । तर, उनी कैयौं पटक रित्तो हात नै फर्किए ।

विपिनले बारम्बार रित्तो हात फर्किनुपरेपछि यो फिल्ममा काम गर्ने वा नगर्ने निर्णय चाडै लिने बताएका थिए । अब, उनले औपचारिक रुपमा नै यो फिल्म छाडेका छन् ।

विपिनले नयाँ बर्षको दिनमै आफूले बलिउड फिल्म छाडेको घोषणा गरे । उनले, बलिउड फिल्म छाड्दै गर्दा ‘एनिमल’का मेकरले भने फस्टलुक सार्वजनिक गरेका छन् । फस्टलुकमा नायक रणवीर कपुरको किलर रुप देख्न सकिन्छ ।

यो फिल्ममा रणवीर एक्सन अवतारमा देखिनेछन् । बलिउडले विपिनलाई नराम्रोसँग धोका दियो । तर, नेपाली फिल्ममा भने विपिनको व्यस्तता चर्को छ ।