‘पोखरा सडक महोत्सव’मा लाहुरेको धमाका

पौषको १३ गतेदेखि सुरु भएको ‘पोखरा सडक महोत्सव’ आज सकिदैछ । ५ दिनसम्म चलेको यो महोत्सवमा नेपाली तथा विदेशी पर्यटकले मनोरञ्जन लिएका छन् । विशेषगरि, अंग्रेजी नयाँ बर्षलाई लक्षित गरेर आयोजना गरिएको महोत्सवमा दर्शकको घुँयचो नै देखिएको छ ।

नयाँ बर्षको पूर्व सन्ध्यामा शनिबार मध्यरातसम्म हजारौं मानिसहरु सडकमा जम्मा भएका थिए ।

महोत्सवमा नेपालका राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रस्तुति रहँदै आएको छ । शनिबार र्यापर आशिष राना ‘लाहुरे’ले आफ्नो धमकेदार प्रस्तुति दिदै दर्शकलाई झुमाएका छन् । महासवमा लाहुरेले दर्शक सामु अफुले विगत एक बर्ष देखि लागुपदार्थ (ड्रग्स) सेवन नगेरको पनि बताइका छन् ।

आशिषको प्रस्तुति हेर्न महोत्सवमा दर्शकको बाक्लो भिड देखिएको थियो । उनीहरु लाहुरेका चर्चित गीतमा झुमेका थिए । यसअघि गायक सविन राईले पनि महोत्सवमा दर्शकलाई नचाए । यस्तै, गायिका शान्ती श्री परियार, मोडल अन्जली अधिकारीको प्रस्तुतिले पनि कार्यक्रममा रौनकता थपेको थियो ।