क्यूएफएक्सको चलखेलले रोकेन अनमोललाई, ‘छड्के २’ले फागुण १९ नछाड्ने

फागुणको १९ गते नायक अनमोल केसी स्टारर फिल्म ‘छड्के २’लाई रोकेर अर्को फिल्म ‘छक्का पन्जा’ मात्र सोलो रिलिज गर्न खोजेको देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सको राजनीतिलाई यसको निर्माणपक्षले वेवास्ता गरिदिएको छ । आफूहरुलाई नसोधी फिल्मको प्रदर्शन मिति तय नगर्न भन्दै क्यूएफएक्सको व्यवस्थापन टिमले ठूलो चेन हुनुको घमण्ड मात्र प्रदर्शन गरेको थिएन, फिल्म क्षेत्रमा सिन्डिकेट समेत व्यूताउन खोजेको थियो । तर, निगम श्रेष्ठको निर्देशनमा तयार भएको फिल्म ‘छड्के २’को मेकरले भने फागुण १९ को मिति नछाड्ने पक्का भएको छ । अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा सार्वजनिक नयाँ पोष्टरमा प्रदर्शन मिति फागुण १९ मै राखिएको छ ।

फिल्मको नयाँ पोष्टरमा नायक अनमोल केसीसहित अन्य केही कलाकारको भिन्न गेटअप समावेश गरिएको छ । जसले फिल्मप्रति दर्शकको उत्सुकता अझै बढाउने निश्चित छ ।
प्रशान्त गिरी र देवकुमार श्रेष्ठको लगानीमा बनेको यो फिल्ममा अनमोल केसीलाई ग्याङस्टारको अवतारमा देखाइएको छ । फिल्ममा उनको साथमा रविन तामाङले पनि मुख्य भूमिका निर्वाहा गरेका छन् ।

यो फिल्मका वितरक सुनिल मानन्धरले शुक्रबार मात्र क्यूएफएक्सले शो नदिएपनि फिल्मको रिलिज फागुण १९ बाट नसार्ने बताएका थिए । सार्वजनिक नयाँ पोष्टरमा पनि फागुण १९ कै मिति तोकिएपछि अब यो मितिमा यो बर्षकै ठूलो बक्स अफिस भिडन्त हुने देखिएको छ ।

सम्बन्धित समाचार…

किन सहजै रिलिज हुन सक्दैनन् अनमोलका फिल्म ?

‘छड्के २’मा क्यूएफएक्सको खेलः भूवनसँगको शितयुद्ध अनमोलमाथि पोखिएको हो ?

‘छड्के २’का वितरकलाई प्रश्न–‘के तपाइको फिल्म अब क्यूएफएक्समा लाग्दैन’ ?

के क्यूएफएक्सले मनोमानी रुपमा एउटा मात्र फिल्म रिलिज गर्छु भन्न मिल्छ ?

क्यूएफएक्सलाई ‘छक्का पन्जा ४’ टिमले प्रतिशत दिएपछि ‘छड्के २’लाई अप्ठ्यारो