मुन थकालीको ‘मैले तिम्रो नाम लिएँ’ सार्वजनिक

गायक मुन थकालीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। बिगत ५-७ बर्ष देखि नेपाली गीत संगीतमा सक्रिय गायक थकालीको सार्वजनिक ‘मैंले तिम्रो नाम लिएँ’ बोलको गीतमा शब्द तथा संगीत सुरज अधिकारी (सुर रक्स) को  छ।

रोमान्टिक प्रेम भावको भिडियोमा गङ्गा ग्याबक,मुन थकाली,सैमा भट्टराई र स्रिक तामाङ फिचर्ड छन्। नितेश लामा र संजय लामाले छायांकन गरेको भिडियोको निर्देशन नितेश लामा र मुन थकालीले गरेका हुन् भने सम्पादन नितेश लामाले गरेका छन्। भिडियो गायक मुन थकालीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।