सुशान्त र मलिनाको ब्रेकअप ?

४७ हप्ता अगाडि जीम ट्रेनर सुशान्त प्रधानले नायिका तथा पूर्व मिस नेपाल मलिना जोशीसँगको एउटा तस्वीर पोष्ट गर्दै लेखेका छन्–‘ह्याप्पी बर्थ डे लभ ।’ यसपछि भने उनी र मलिनाको कुनै पनि तस्वीर उनको इन्स्टाग्राममा छैन । कुनै समय दैनिकजसो सुशान्त र मलिना एक अर्कासँगका रमाइला पलहरु सामाजिक संजालमा शेयर गर्ने गर्दथ्य ।

मलिना जोशीको इन्स्टाग्राममा पनि सुशान्तसँगका कुनै पनि तस्वीर छैनन् । मलिनाको इन्स्टाग्राममा सुशान्तसँगका तस्वीर थुप्रै थिए, तर अहिले ती सबै लुकाइएका छन् ।

यसले पनि सुशान्त र मलिनाको ब्रेकअप भएको वुझ्न सकिन्छ । फिल्मी बजारमा पनि सुशान्त र मलिना अलग भएको चर्चा चलिरहेको छ । मलिना अहिले सुशान्तसँगको प्रेमको बिषयमा कुरा नै गर्न चाहन्नन् । उनी, एक्लो जीवनमा रमाइरहेको उनको सामाजिक संजालबाट पनि वुझ्न सकिन्छ ।

मलिना र सुशान्तले केही बर्ष प्रेम यात्रा गर्दा सामाजिक संजालमा केही पनि कुरा लुकाएनन् । सुशान्त केही समयदेखि पोडकास्ट संचालन गरिरहेका छन् ।