साम्राज्ञीको काँधमा पौडेलको आशा

व्यवसायीक क्षेत्रमा सफल मानिएपनि रमेश एम के पौडेल फिल्म क्षेत्रमा भने असफल मानिन्छन् । उनले, फिल्म क्षेत्रमा करोडौं रुपैयाँ खर्च गरेपनि अपेक्षित सफलता पाएका छैनन् । उनले हिट नायक तथा नायिकाका लागि फिल्ममा लगानी गरेपनि सबै फिल्मबाट प्रतिफल पाएनन् । जसकाकारण, उनी फिल्म क्षेत्रमा अनलक्की जस्तै देखिएका छन् । उनै, एम.के अब भने फिल्म निर्देशनमा नै अगाडि आएका छन् ।

उनले, निर्देशन गरेको फिल्म ‘तिम्रो मेरो साथ’ पौषको २९ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा उनले साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्कालाई मुख्य भूमिकामा अभिनय गराएका छन् । फिल्म प्रचारका लागि उनी नायक–नायिकाको साथमा मोसफल यात्रामा हिडेका छन् ।

रमेशको आशा यसपटक फिल्मबाट नाफा कमाउनेमा छ । यसका लागि उनी स्टार नायिका साम्राज्ञीको स्टारडम चम्कने विश्वासमा छन् ।

यसैले, पनि उनी साम्राज्ञीप्रति बढी आशावादी सुनिन्छन् । साम्राज्ञीले पनि फिल्मका लागि समय मज्जाले दिएकी छिन् । किनकी, यो फिल्म उनका लागि पनि चल्न आवश्यक छ ।