‘हात्तीछाप’मा दयाको पारिश्रमिक ३० लाख, सौगात शेयरमा
निर्माता किरण नेपालीले ‘२ नम्बरी’बाट राम्रो कमाई गरेपछि उनको ब्यानरले बनाउन लागेको नयाँ फिल्म ‘हात्तीछाप’माथि कलाकारको समेत नजर परेको छ ।
यसैले, यो फिल्मका लागि नायक सौगात मल्लले मुनाफाको शेयर लिने गरि संझौता गरेका छन् । ‘२ नम्बरी’मा पारिश्रमिक लिएर काम गरेका सौगात यसपटक पनि फिल्म चलिहाल्छ भन्ने सोचका साथ मुनाफाको शेयरमा बसेका हुन् । उनी शेयरमा बस्ने कि पारिश्रमिक लिने भन्ने दुबिधामा केही समय पर्दा, निर्माता नेपालीले उनीसँग संझौता गर्न सकेका थिएनन् । तर, यसपटक पनि फिल्मले राम्रो कमाई गर्ने देखेर सौगातले मुनाफामा काम गर्न लागेका हुन् ।
यस्तै, फिल्ममा निर्देशक सिमोस सुनुवार र लेखक प्रदीप भारद्धाजले पनि पारिश्रमिक लिएका छैनन् । यी दुबैले पनि मुनाफाको शेयर लिनेगरि फिल्ममा संझौता गरेका छन् ।
तर, नायक दयाहाङ राइलाई भने निर्माताले लोभलाग्दो रकम दिएका छन् । फिल्मका लागि दयाले ३० लाख रुपैयाँ पारिश्रमिक लिएको वुझिएको छ । निर्माता र कलाकारले यस बिषयमा केही नबोलेपनि मेरो फिल्म श्रोतले भने दयाले ३० लाख पारिश्रमिक लिएको पुष्टी गरेको छ ।
फिल्मको छायांकन चैत्रबाट सुरु हुनेछ । यसपटक, ठूलो क्यानभासमा फिल्म खिच्ने र महंगो पारिश्रमिक रकमलाई फिल्ममै लगाउन सौगात, किरण, सिमोस र प्रदीप सहमत भएका छन् ।
प्रतिक्रिया