दुबईमा काम गर्न थालिन् सारा, के फिल्म प्रमोशनमा नेपाल आउलिन् ?

नेपाली फिल्ममा सफलताको झण्डा गाड्न नसकेपछि नायिका सारा सिर्पाली दुबईमा छिन् । केही समयपछि दुबईमा रहेकी नायिका सारा सिर्पाली दुबइमा नै काम गर्न थालेकी छिन् । दुबईमा निक्कै आकर्षक जागिर पाएपछि उनी काम गर्न थालेकी हुन् ।

साराले आफू निकट साथीहरुलाई आफू दुबईमा काम गर्न थालेको जानकारी दिएकी छिन् । सारा अभिनित फिल्म ‘गुञ्जन’ पौषको २९ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा सारा नै केन्द्रिय भूमिकामा छिन् ।

फिल्ममा प्रितमराज सेन्चुरी र कविर खड्का मुख्य भूमिकामा छन् । तर, सारा फिल्मको प्रमोशनमा नेपालमा आउँछिन् या आउँदिनन् पक्का भएको छैन ।

साराले तीन फिल्ममा काम गरेपनि ती सबै नचलेपछि विकल्प खोजेकी हुन् । उनले, नायक अनमोल केसीसँग फिल्म हनी बनीमा काम गर्ने पक्का भएपनि अन्तिममा उनको भिसा नलागेपछि जसिता गुरुङ फिल्ममा प्रवेश गरेकी थिइन् ।

फिल्मी करिअर असफल भएपछि साराले जीवनको नयाँ यात्रा कोरेकी हुन् ।