१६ बर्षपछि फिल्ममा विपनाको कमब्याक, ‘ह्रस्वदिर्घ’मा अनुबन्धित
कुनै समयकी चर्चित नायिका विपना थापा विगत एक दशक भन्दा लामो समयदेखि भारतमा छिन् । भारतमा बिहे गरेर गएपछि उतै रमाएकी विपना बेलाबखत नेपाल पनि आउने गरेकी छिन् । तर, यो बिचमा उनले फिल्ममा भने काम गरिनन् ।
तर, अब भने १६ बर्षपछि विपना थापाको नेपाली फिल्ममा कमब्याक हुने भएको छ । विपनाले फिल्म ‘ह्रस्वदिर्घ’मा काम गर्ने पक्का भएको छ । निर्देशक चन्द्र पन्तले विपनाले प्रमुखमध्ये एक मुख्य भूमिकामा काम गर्ने जानकारी मेरो फिल्मलाई दिए ।
चन्द्रका अनुसार, अनलाइनबाटै विपनालाई अनुबन्धित गरिएको हो । एउटा सशक्त पात्रको आवश्यकता भैरहेको समयमा विपनालाई साइन गरिएको चन्द्रको भनाई छ ।
फिल्ममा सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदिप राउत, ब्रम्हान्द लगायतका नेपाली र भारतीय कलाकार फाइनल भैसकेका छन् । यो फिल्मको छायांकन अब १ महिनापछि सुरु गरिने निर्माणपक्षले जनाएको छ । फिल्मको पहिलो चरणको छायांकन भारतको रामोजी स्टूडियोमा हुनेछ । दोश्रो चरणको छायांकन नेपाल र तेश्रो चरणको छायांकन बनारसमा गरिने निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया