‘छक्का पन्जा ४’को झारा टार्ने पोष्टर, ब्रान्डको विश्वास कि अल्छीपन ?
निर्माता तथा कलाकार दीपकरजा गिरीले केही दिन अगाडि फिल्म ‘छक्का पन्जा ४’को फस्टलुक भन्दै पोष्टर सार्वजनिक गरे । सार्वजनिक पोष्टरमा उनी एक्लै बाइक समातेर बसेका छन् । पोष्टरमा प्रयोग गरिएको फोटो दीपकले फिल्मको छायांकन सुरु भएको दिनमै सामाजिक संजालमा पोष्ट गरेका थिए ।
सोही फोटोलाई पोष्टर बनाएर दीपकले पोष्टर बनाए र पोष्ट गरे । यसले चर्को आलोचना भोगिरहेको छ । कारण, दीपक र उनको टिमले झारा टारेको देखिन्छ ।
हेमराज वीसीले फिल्म छाडेको चर्चा चल्नु र फागुण १९ गते फिल्म आउँदैन भन्ने गसिप फिल्मी बजारमा चलेकाले पनि दीपकले त्यसलाई चिर्न यो पोष्टर बनाएको अड्कल लगाउन सकिन्छ ।
तर, एक दिन भएपनि राम्रोसँग बसेर फिल्मको फस्टलुक सार्वजनिक गरेको भए एउटा उत्कृष्ट ब्रान्डमाथि न्याय हुने देखिन्छ । खैर, जेहोस् पोष्टर झारा टार्ने बनाएपनि फिल्म भने राम्रो बनोस् भन्ने कामना गरौं ।
प्रतिक्रिया