चार्ल्स शोभराज छुटेपछि करिश्मा लेख्छिन्–‘अब बलात्कारमा हामी जस्लाई पोलु’

सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज नेपाली जेलमा १९ बर्ष २ महिना बिताएर आज थुनामुक्त भएका छन् । उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ ।

चार्ल्स शोभराज जेलमुक्त भएपछि विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । यसैबिच, नायिका करिश्मा मानन्धरले पनि चार्ल्स शोभराज छुटेपछि सामाजिक संजालमा लेखेकी छिन्–‘एउटा अपराधी जेलमुक्त भयो । नातिनी सरह डेट जान चाहन्छिन् । यो आजको समाचार हो । अब, बलात्कारमा हामी जस्लाई पोलु ।’

करिश्माको स्टाटसमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । कतिपयले करिश्माले नवुझी स्टाटस लेखेको प्रतिक्रिया दिइरहेका छन् भने कतिपयले करिश्माको समर्थन गरेका छन् ।