अस्कर दौडबाट बाहिरिए ‘ऐना झ्यालको पुतली’ र ‘लोरी’, भारत र पाकिस्तानलाई ऐतिहासिक सफलता
एकेडेमी अवार्डको ९५ औं संस्करणका लागि अस्करले १० विधामा मनोनयन घोषणा गरेको छ ।
डकुमेन्ट्री, इन्टरनेसनल फिचर, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट्, लाइभ-एक्सन, ध्वनी र भिजुअल इफेक्ट लगायतका विधामा मनोनयन सार्वजनिक भएको हो।
बिहीबार सार्वजनिक भएकौ ९५औं संस्करणका लागि गरिएको सूचीमा यो वर्ष नेपालबाट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सिफारिस ‘ऐना झ्यालको पुतली’ र लाइभ एक्सन सर्ट फिल्म विधामा सिफारिस ‘लोरी’ दुवै फिल्म मनोनयनमा अटाएनन् ।
२२ वर्षअघि एरिक भ्याली निर्देशित ‘क्याराभान’ अस्करमा अन्तिम मनोनयनमा पर्न सफल भएको थियो । त्यसयता अस्कर अवार्डमा नेपालको सहभागिता फिल्म पठाउनमा मात्र सीमित रहँदै आएको छ ।
यो वर्ष छिमेकी देश भारत र पाकिस्तानले भने ऐतिहासिक सफलता हात पारेका छन् । अस्करमा पाकिस्तानी फिल्म ‘जोयल्यान्ड’ र भारतीय फिल्म ‘लास्ट फिल्म शो’ (छल्लो शो) मनोनीत भएका छन्। त्यस्तै, मौलिक गीततर्फ भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ मनोनयन भएको छ।
पाकिस्तानबाट अस्करमा सिफारिस ‘जोयल्यान्ड’ले पनि झन्डै मनोनयन गुमाएको थियो । प्रर्दशनको अघिल्लो हप्ता पाकिस्तान सरकारले यो फिल्मलाई प्रदर्शनमा रोक लगाएपछि यसको मनोनयन सम्भावना झिनो भएको थियो ।
अस्करमा मनोनयन पाउन अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका फिल्मले अमेरिकाबाहेकका देशमा कम्तिमा १ हप्ता हलमा प्रदर्शन हुनैपर्ने नियम छ । तर रिलिजको संघारमा यो फिल्मलाई पाकिस्तान सरकारले प्रतिबन्धको घोषणा गरेको थियो । तर अन्तर्राष्ट्रिय दबाबपछि यो फिल्म काँटछाँटसहित पाकिस्तानमा प्रतिबन्धमा परेको थियो ।
अस्करले प्रत्येक विधामा १५ फिल्मको मनोनयन सूची सार्वजनिक गरेको छ। आगामी जनवरी १२ देखि १७ सम्म पुन: मतदान गर्दै अन्तिम पाँच मनोनित हुनेछन्। अस्कर अवार्ड समारोह मार्च १२ मा हुनेछ।
प्रतिक्रिया