फिल्ममा बेनिशाको अन्तरंग दृश्यः मेकरको चाहना कि आफ्नै ?

नायिका बेनिशा हमालले फिल्म ‘प्रेमगञ्ज’मा खुलेरै अन्तरंग दृश्य दिएकी छिन् । यो फिल्ममा निक्कै हट अवतारमा देखिएकी बेनिशा प्रेममा विरक्त बनेकी प्रेमिकाको भूमिकामा छिन् । तर, फिल्म भित्र उनको अन्तरंग दृश्य खुलेरै दर्शकले हेर्न सक्नेछन् ।

आज सार्वजनिक भएको फिल्म ‘चि मुसी चि’लाई हरर जनराको फिल्म भनिएको छ । तर, यो फिल्ममा पनि बेनिशाको अन्तरंग दृश्य समावेश छ ।

एकपछि अर्को फिल्ममा बेनिशालाई अन्तरंग दृश्यमा देख्दा दर्शकमा पनि कौतुहलता लाग्न सक्छ । आखिर, मेकरले नै बेनिशालाई यस्तो दृश्यमा अफर गरिरहेका छन् या बेनिशा सहजै यस्ता दृश्यमा काम गरिरहेकी छिन् । यो बिषयमा बेनिशा भन्छिन्–‘खै मेकरहरुले नै मलाई अन्तरंग दृश्यका लागि पर्फेक्ट देख्नुहुन्छ होला सायद ।’

बेनिशा आफै पनि मेकरले आफूलाई यस्ता दृश्यका लागि अझै फिट देख्ने गरेको बताइरहेकी छिन् । भोलीका दिनमा पनि बेनिशालाई यस्तै दृश्य भएका फिल्मबाट अफर बढी आउन थाल्यो भने, उनले गर्लिन् या नगर्लिन् त ?