‘अवतार २’मा ७३ वर्षीया सिगोर्नी वीभर बनिन् १४ वर्षकी किरी
अद्भुत, अलौकिक, अविश्वसनीय विश्व देखाउने जेम्स क्यामरुनको फिल्म ‘अवतारः द वे अफ वाटर’ले दर्शकलाई कैयौँ मामलामा चकित बनाएको छ । पानीभित्र खिचिएको दृश्यदेखि लिएर सबै कलाकार र जीवजन्तुको इम्प्रेसनलाई फिल्मांकन गरिएपछि अब भने निर्देशक जेम्सले नयाँ कुराको खुलासा गरेका छन् ।
जेम्सका अनुसार जेक सुली र नेतीरीको सन्तानमध्ये एकको भूमिका प्रख्यात अभिनेत्री सिगोर्नी वीभरले निभाएकी छन् । उनको उमेर ७३ हो, तर फिल्ममा उनलाई केवल १४ वर्षको बालिकाको भूमिकामा देखाइएको छ ।
सन् २००९ मा रिलिज फिल्म ‘अवतार’ पछि यसको दोस्रो भागका रूपमा जेम्सले फिल्मको कथा अगाडि बढाउन यसको दुई मुख्य चरित्र जेक सुली र नेतीरीको परिवारलाई पनि अगाडि बढाएका छन् । ‘अवतारः द वे अफ वाटर’ मा जेक सुली र नेतीरीको चार सन्तान छन् । यसबाहेक दुवैले एक बच्चा धर्म सन्तानका रूपमा लिएका छन्, जसको नाम किरी हो ।
किरी ‘अवतार २’ को मुख्य भूमिकाहरूमध्ये एक हो, यही भूमिकालाई सिगोर्नीले उत्कृष्ट ढङ्गले निभाएकी छन् । यदि ‘अवतार २’ मा ज्याक र नेतीरी किरीका वास्तविक आमाबाबु होइनन्, त्यसो भए उनको आमाबाबु को हुन् त ? किरी पहिलो भागमा देखाइएका डाक्टर ग्रेस अगस्टसकी छोरी हुन् । जसलाई ज्याकले धर्म सन्तानका रूपमा अपनाएका हुन्छन् ।
फिल्म स्रोतका अनुसार सिगोर्नीलाई फिल्ममा यस कारण किरी चरित्रमा लिइयो कि पहिलो भागमा डा. ग्रेसको निधनपछि उनको सम्बन्ध एवासँग जोडिएको देखाइएको थियो । ‘अवतार २’ मा किरीको सम्बन्ध पनि एवासँग जोडिएको छ ।
७३ वर्षकी सिर्गोनीलाई १४ वर्षकी युवतीको भूमिका निभाउन निकै चुनौतीपूर्ण थियो । किनकि उनले कथा अनुसार आफूले हाउभाउ दिनु थियो । चरित्रअनुसार उनले आफूभित्र चुलबुलेपन ल्याउनुपर्ने थियो ।
निर्देशक जेम्सका अनुसार सिगोर्नीलाई १४ वर्षीया युवतीको भूमिकामा ढाल्नका लागि उनलाई बच्चाको दिमाग जस्तै बन्न भनिएको थियो । त्यसपछि जेम्सले वीभरलाई युवतीहरूसँग वर्कसप गराएका थिए । फिल्ममा कीरीले गरेको कुदाई, पानीभित्रको सबै दृश्य बडी डबलबाट गरिएको हो । जेम्सका अनुसार बच्चाको भूमिका निभाउँदा निभाउँदै सिगोर्नी साँच्चै बच्चा जस्तै भएकी थिइन् ।
प्रतिक्रिया