अष्ट्रेलियामा हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ सम्पन्न

हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ सम्पन्न भएको छ । आइतबार सिड्नी आयोजित शोज अन्तर्राष्ट्रियस्तरमा पहिलोपटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए ।
नेपाली डिजाइनर रोविन परियारले तयार पारेका नेपाली पहिरनमा नेपाली तथा विदेशी मोडलले र्याम्प नापेका थिए । नेपाली पोसाकलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन आफूले पहिलोपटक अष्ट्रेलियाको सिड्नीमा क्रुज इभेन्ट गरेको अधिकारीको दाबी छ । कोरोना महामारीपछि पहिलोपटक आफूले ठूलो लगानीमा विदेशमा फेसन शोको आयोजना गरेको उनको भनाइ छ ।
हेरिटेज अफ फेसन अष्ट्रेलियामा नेपालीका साथै ब्राजिलियन र मोरक्कन मोडल नेपाली पहिरनमा र्याम्पमा हिँडेका थिए । नेपाली पहिरनमा सजिएका विदेशी मोडलले नेपाली पहिरन निक्कै मन परेकाले अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सघाउने बचन दिएको आयोजक अधिकारी बताउँछन् ।
हेरिटेज अफ फेसनको दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भइसकेको थियो । यो फेसन शोका सञ्चालक अधिकारी सिनेमा निर्मातासमेत हुन्। सन्तोष दीपेन्द्र के खनाल निर्देशित सिनेमा आमाका सहनिर्माता र अर्पण थापा निर्देशित सिनेमा तीन जन्तुका निर्माण गरिसकेका छन् । डलर एयुडी छायांकनको तयारी चलिरहेको छ ।

‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_x020gol1mK_3mjehypmyzv3cpsndr02ltate4f8rd8ajslrnkv1fgsyorkzczeqhenzppre.jpg)
मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_6NNXtXJQkb_k4zcsejxice8d3zx1vxsj1zocqlwpsss4gwdwzyhvn62lnfgd5aqsiwyhk7d.jpg)
बबिराज फेस अफ द नेशन

प्रतिक्रिया