बल्ल बल्ल पाएको फिल्म छाडेर अष्ट्रेलिया उडे आमेष, गौरवलाई फाइदा

राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’मा नायक गौरव पहारीलाई अनुबन्धित गरिएको छ । गौरव अघि यो फिल्ममा आमेष भण्डारी फाइनल भएका थिए । तर, आमेष अष्ट्रेलिया उडेपछि गौरवलाई फिल्ममा अनुबन्धित गरिएको हो । आमेषले थाहा नै नदिई बिदेश उडेको भन्दै निर्माणपक्षले असन्तुष्टी समेत जनाएको छ ।

यो फिल्ममा नायिकाको रुपमा नम्रता सापकोटा फाइनल भैसकेकी छिन् । माघको २० गतेबाट छायांकन सुरु हुने फिल्ममा सरोज खनाल, बुद्दि तामाङ, राजाराम पौडेल, सबिन बास्तोला, गीता अधिकारी, स्मृति वली लगायतका कलाकारको पनि अभिनय रहनेछ । ७० बर्ष अगाडिको ऐतिहासिक कथामा यो फिल्म बन्नेछ ।

सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा बन्ने फिल्मको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको छ । फिल्मको छायांकन लमजुङको भुजुङ्ग खोला, हेटौडा, काठमाडौं लगायतका स्थानमा गरिनेछ । फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।