स्टार जन्माउने बिषयमा साम्राज्ञी भन्छिन्–‘बच्चा थिएँ, के के बोलेँ’
नायिका साम्राज्ञी राज्यलक्ष्मी प्राय फिल्ममा नयाँ नायकहरुसँग काम गर्न रुचाउँछिन् । फिल्म ‘ड्रिम्स’बाट नायक अनमोल केसीको नायिकाको रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेकी साम्राज्ञी त्यसपछि भने स्टार बनिन् । साम्राज्ञीले सलिनमान बनियाँदेखि पछिल्लो फिल्म ‘लण्डन टू पेरिस’मा निश्चल खड्कासँग काम गरेकी छिन् । यसैले, साम्राज्ञी आफूलाई स्टार नायकले बनाएको भन्दा पनि आफूले नायकलाई स्टार बनाएको तर्क गर्छिन् ।
तर, फिल्म ‘तिम्रो मेरो साथ’को पत्रकार सम्मेलनमा भने साम्राज्ञीले यो कुरा आफूले कहिलेको बोलेको थिएँ भन्दै आनाकानी गरिन् ।
फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार सम्मेलनमा सहभागी हुँदा पोखरामा साम्राज्ञीले आफूले स्टार जन्माएको तर्क गरेकी थिइन् । तर, अब भने उनी आफ्नो बोलीबाट पछि हटेकी छिन् । साम्राज्ञीले आफूले १६–१७ बर्षको उमेरमा के के बोलेको भन्दै त्यो कुरा नै बिर्सिएको बताइन् । उनले भनिन्–‘मैले त्यत्रो ठूलो कुरा गरेँ र ? ओहो त्यो बेलामा म सानै थिएँ । यसैले के के भनेँ होला । तर, अहिले मलाई यो कुरा यादै छैन ।’
जेहोस्, अब भने साम्राज्ञीको दिमागबाट यो कुरा निस्किएको हुनुपर्छ । किनकी, साम्राज्ञी आफै पनि आर्यन सिग्देलदेखि पुष्प खड्का जस्ता चल्तीका नायकहरुसँग काम गरिरहेकी छिन् ।
प्रतिक्रिया