दीपिका पादुकोणको भारतमा विरोध, कतारमा यति ठूलो सम्मान

नायिका दीपिका पादुकोणले फिल्म ‘पठान’मा लगाएको सुन्तला रंगको विकिनीले सामाजिक संजाल र मिडियालाई राम्रै खुराक दिएको छ । केही भारतीय जनता पार्टीका नेता तथा कार्यकर्ताले उनले लगाएको पहिरनको चर्को विरोध गरिरहेका छन् । विशेषगरि, यो रंगले हिन्दु धर्मको अपमान गरेको उनीहरुको आरोप छ ।

तर, यसअघि पनि यस्तै पहिरन लगाएर थुप्रै नायिकाहरुले हट नृत्य गरिसकेका छन् । भारतमा दीपिकाको चर्को विरोध भैरहँदा उनले कतारमा भने ठूलो सम्मान र अवसर पाएकी छिन् ।

कतारमा एक महिना चलेको विश्वकप फुटबलको फाइनलमा दीपिका ‘ट्रफी अनावरण’ गर्न पुगिन् । हजारौ दर्शकको अगाडि दीपिकाले ट्रफी अनावरण गर्दै आफ्नो स्टारडम पुष्टी गरिन् । भारतका केही मिडिया र जनताले दीपिकाले भारतको नाम विश्वमा अझै चम्काएको भन्दै प्रतिक्रिया पनि दिइरहेका छन् ।

तर, यी स्टार नायिकाले फिल्मको एक गीतमा लगाएको एक रंगको पहिरनले भनेतहल्का मच्चाइरहेको छ ।

शाहरुखको ‘पठान’लाई ७ राज्यमा प्रतिबन्ध लगाउन माग: दीपिकाको ‘बिकिनीको रङ’लाई लिएर भारत भर तरङ्ग