विपिनसँग दीपेन्द्रको बढ्दो लगाव, ‘भष्मे डन’ बन्ने पक्का
निर्देशक दीपेन्द्र के खनालको लगाव नायक विपिन कार्कीसँग बढ्दो छ । विपिनलाई लिएर फिल्म ‘पशुपति प्रसाद’ बनाएका दीपेन्द्रले ‘के घर के डेरा’मा पनि उनीसँग काम गरे । यी दुबै फिल्म बक्स अफिसमा हिट भए । फिल्म ‘चङ्गाचेट २’ पनि दीपेन्द्र बनाउने तयारीमा छन् । जसको लोकेशन खोजीको काम पनि भैरहेको छ । यो फिल्ममा पनि विपिनसँग दीपेन्द्रले संझौता गरिसकेका छन् ।
उनै, दीपेन्द्रले फागुणबाट फिल्म ‘भष्मे डन’ पनि बनाउने तयारी गरेका छन् । खगेन्द्र लामिछानेको कथामा तयार हुने फिल्मका लागि पनि विपिन कार्की नै फाइनल भएका छन् । विपिनलाई आम दर्शकले फिल्म ‘पशुपति प्रसाद’को ‘भष्मे डन’ पात्रबाट बढी चिन्ने गरेका छन् ।
यसरीहेर्दा, विपिनलाई दीपेन्द्र छाड्न चाहन्नन् । अर्कोतिर, विपिनले पनि दीपेन्द्रसँगको सहकार्यलाई निरन्तरता दिने सोच बनाएको पाइन्छ ।
प्रतिक्रिया