आमाको सपनाले प्रेरित जेम्सको ‘अवतार’
जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार–द वे अफ वाटर’ आज (शुक्रबार)बाट विश्वव्यापी प्रदर्शनमा आएको छ । सन् २००९ मा रिलिज ‘अवतार’ को दोस्रो सिरिज १३ वर्षपछि प्रदर्शनमा आएको हो । यो साइन्स फिक्सन फिल्मको रिलिजअघि यसको एडभान्स बुकिङ विश्वव्यापी रुपमा आक्रामक थियो ।
तर, सायद कमैलाई थाहा होला कि ग्राण्ड बजेटमा बनेको यो फिल्म बनाउने सोच जेम्स क्यामरुनलाई उनकी आमामार्फत् आएको थियो । उनकी आमाले सपनामा जुन कुरा देखिन्, त्यो कुरा जेम्सलाई सुनाएपछि जेम्स ‘अवतार’ बनाउन प्रेरित भएका थिए ।
जेम्सकी आमा शर्ली क्यामरुनले एउटा सपना देखेकी थिइन् । जुन सपनामा उनले १२ फिटकी निलो रंगकी युवती देखेकी थिइन् । उनी आमाले आफूले देखेको सपना छोरा जेम्सलाई एक कथाका रुपमा बताइन् । तर, आमाको सपनाको कुरा सुनेर जेम्सलाई एउटा यस्तो फिल्म बनाउने सोच आयो, जुन एक ग्रहको कथा थियो । जहाँ १० देखि १२ फिट अग्ला र निलो रंगका मानिस बस्छन् । जसको अनुहार र शरीर फरक छन् ।
जेम्सले ‘अवतार’ बनाउने सोच त्यो समयमा गरेका थिए, जुन समयमा उनले लियोनार्डो डिकाप्रियो र केन्ट विन्सलेट स्टारर फिल्म ‘टाइटानिक’ बनाउने बारेमा सोचेका पनि थिएनन् ।
लामो समयदेखि जेम्सको दिमागमा ‘अवतार’ बनाउने सोच थियो । तर, उनले सन् १९९७ मा रिलिज फिल्म ‘टाइटानिक’ बनाए । यो फिल्मपछि उनले तीन वर्षसम्म अवतारका लागि काम गरे । ‘टाइटानिक’ले थिएटरमा दर्शकको बाक्लो उपस्थितिमात्र पाएन, बक्सअफिसमा ठूलो सफलता नै हात पार्यो । त्यो समयमा यो फिल्मले घरेलु बक्सअफिसमा २ हजार ४ सय ६० करोड डलरको कमाई गरेको थियो भने विश्वव्यापी रुपमा यसको कमाई ८ हजार ७ सय २६ करोड डलर थियो ।
‘टाइटानिक’को कमाई पछि जोकोहीले पनि लियोनार्दोको यो फिल्मको रेकर्ड कसैले नतोड्ने अनुमान गरेका थिए । तर, यो गलत साबित भयो । किनकि सन् २००९ मा रिलिज जेम्सको दोस्रो फिल्म ‘अवतार’ले ‘टाइटानिक’को रेकर्ड ब्रेक गरिदियो । ‘अवतार’ले विश्वव्यापी रुपमा १८ हजार ९ सय ५७ करोडको कमाई गरेको थियो ।
प्रतिक्रिया