फलोअपः २ दिन कान्छी श्रीमतीलाई बाहिर राखेपछि फेरि सँगै फर्किन थाले जीपी

पूर्व मिस नेपाल उषा खड्गीसँग डिभोर्स गरेको ६ महिनापछि सञ्चारकर्मी जीपी तिमिल्सिनाले दोस्रो बिहे गरे । उनले सविना अधिकारीसँग दोस्रो बिहे गरेका हुन् । दोस्रो बिहे गरे पनि जीपीले सविनलाई उषा र उनका २ सन्तान बसेको घरमा नै भित्राएका थिए । यो खबर मेरो फिल्मले सार्वजनिक गरेको थियो ।

खबर सार्वजनिक भएपछि २ दिनसम्म जीपी घरमा एक्लै आउन थालेका थिए । तर, बुधवारबाट फेरि जीपी र सविना दुवै जना घर आउन थालेका छन् ।

सम्पत्तिको बाँडफाँड नै नभई जीपीले दोस्रो बिहे गरेपछि उषाले आपत्ति जनाएकी थिइन् । उनले आफ्ना छोराछोरीले बाबुको यस्तो क्रियाकलाप कसरी हेर्न सक्छन् भन्दै प्रश्न उठाएकी थिइन् । लोकन्थलीमा रहेको घर अझै बाँडफाँड भएको छैन । तर, जीपीले बिहे गरेर सविनालाई घरको माथिल्लो तलामा भित्राएका छन् । उषा र उनका २ सन्तान भने घरको दोस्रो फ्लोरमा बस्दै आएका छन् ।

श्रोतले दिएको जानकारी अनुसार, बुधवार सविना र जीपी घरमा आएपछि छोरी माथिल्लो तलामा पुगेर रुवाबासी गरेकी थिइन् । उनले, सविनालाई घरबाट निकाल्न भन्दै बाबु जीपीसँग रुवाबासी गरिन् । जीपीले छोरीलाई खुबै सम्झाउने प्रयास गरेका थिए । तर, छोरीले मानिनन् । उनी, आफ्ना पितासँग खुबै रिसाएको श्रोत बताउँछ ।

 

Exclusive: उषासँग डिभोर्सको ६ महिनामै जीपीले गरे दोश्रो बिहे