सविन र अनुको सुरुवातमा बिग्रिएको प्रेम कसरी बन्यो बलियो ?
एक अनलाइनका लागि फोटो सुट गर्ने क्रममा भेट भएपछि नायक सविन श्रेष्ठलाई नायिका अनु शाह निक्कै मन पर्यो । सविनले अनुसँग मित्रता त गाँसे तर प्रेम सम्बन्ध जोडन भने समय लाग्यो । सविनले मन पराउँदा अनुले खासै मतलब गरिनन् । त्यो समय यी दुवै फिल्म क्षेत्रमा चम्किरहेका थिए । पछि अनुले सविनलाई माया गर्न थालिन् । तर, अनुले माया गर्दा सविन फेरि तर्कन थाले । यसरी नै यी दुईको प्रेममा उतारचढाव केही वर्ष आयो ।
कुनै समय अनु र सविनले एक अर्कासँग प्रेम रहेको पनि खुलाएनन् । तर, विगत केही वर्षदेखि भने यो जोडीले प्रेमलाई बलियो बनाउँदै लगेको छ ।
प्रेममा एक अर्कासँग लुकामारी खेल्न छाडेर सविन र अनु अब अर्को वर्ष बिहेको तयारीमा छन् । हुन त, केही वर्ष अगाडि नै यी दुईले अदालतमा बिहे गरेको भन्ने खबर सार्वजनिक भएको थियो । तर, दुवैले यो कुरा आजसम्म स्वीकार गरेका छैनन् ।
सविन र अनुले बिहे गर्ने तयारी मात्र गरेका छैनन्, सामाजिक काममा पनि आफूलाई सक्रिय बनाएका छन् । उनीहरूले भ्लग समेत युट्युबमा बनाउँदै आएका छन् । विगत केही समयदेखि यी दुई युट्युबबाट बढी हिट छन् ।
सविन र अनुले काठमाडौँका विभिन्न सार्वजनिक शौचालयमा प्याड राख्ने काम गरिरहेका छन् ।
प्रतिक्रिया