निश्चल बस्नेतले बालेनलाई नमस्कार नफर्काएको विषयमा स्पष्टीकरण दिए, गाली गर्न पाएपछि पछि हट्नु हुन्न है
अभिनेता तथा निर्देशक निश्चल बस्नेतले टिकटकमा भाइरल भइरहेको एक भिडियोलाई लिएर स्पष्टीकरण दिएका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नमस्कार गर्दा नमस्कार नफर्काएको आफ्नो भिडियो टिकटकमा भाइरल भए लगत्तै गालीको बर्सात हुन थालेपछि उनले स्पष्टीकरण दिएका हुन् । भिडियोलाई अहिले भाइरल बनाएर आफूविरुद्ध गालीगलौज गरिएको भन्दै निश्चलले आपत्ति जनाएका छन् ।
निश्चलले यो भिडियोको यथार्थ बाहिर ल्याउँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उक्त भाइरल भिडियो बालेन मेयर हुनु अघिको भएको निश्चलको भनाई छ ।
उनले सत्य के हो मतलब भएन। गाली गर्न पाएपछि पछि हट्नु हुन्न ।कसैको चरित्र हत्या गर्न सजिलो भएको छ है भन्दै कुनै पनि कुराको वास्तविकता बुझ्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्,
कसैको चरित्र हत्या गर्न कति सजिलो भएको रै’छ आजकल। भिडियो क्लिप निकाल्यो, आफूलाई मन लागेको टेक्स्ट लेख्यो अनि सुरु हुन्छ खेला । गाली गलौच गर्नलाई औँला चिलाइहल्छ। ‘खाते काले, चुतिया , इज्जत गर्न नसक्ने , खै के *जी , तेरो फिल्म बहिष्कार गर्नु पर्छ, यस्ता पनि कलाकार रे। ’ यस्तै अनेकौँ। अझ कडा शब्दहरू। बालेनले गरेको नमस्कार मैले नफर्काएर बेवास्ता गरेँ भन्दै टिकटकमा एउटा भिडियो भाइरल हुँदै रहेछ । साथीभाइले र आफन्तले पनि प्रश्न गर्न थाले के गरेको तैँले भन्दै । त्यही भएर लेख्दै छु ।
बालेनलाई नगरप्रमुख बनाउने अभियान चलिरहेको बेलाको कथा हो त्यो। ‘चिसो एस्ट्रे’ को प्रिमियरको समय । ७,८ महिना अगाडिको भिडियो हो त्यो । बालेन र मेरो भेट अगाडि नै भएर सँगसँगै थियौँ। अरू चिनजान भएका साथीहरू आउँदा उनले अरूलाई, मैले अरूलाई अभिवादन गरिरहेका थियौँ। कथा सकियो ।
हाम्रो मेयरज्यू लाई मैले सम्मान गरिन रे । त्यही भएर म सबै प्रकारका घृणित म्यासेजहरूको हकदार छु हैन त ? सत्य के हो मतलब भएन। गाली गर्न पाएपछि पछि हट्नु हुन्न है । धन्यवाद ।
प्रतिक्रिया