सन्नी लियोनीलाई स्टाइलिस्ट देखाइरहेकी नेपालकी सरिना

नेपाली फेसन डिजाइनरहरु विश्वका विभिन्न मुलुकमा पुगेर आफ्नो कला देखाइरहेका छन् । विश्वका थुप्रै चर्चित सेलिब्रिटीहरुलाई आकर्षक देखाउन नेपाली डिजाइनरको भूमिका अहंम छ ।

यस्तैमा, एक हुन् नेपाली फेसन डिजाइनर सरिना बुढाथोकी । भारतको मुम्बइमा रहेर विश्व चर्चित मोडल तथा कलाकार सन्नी लियोनीका लागि उनी पहिरन डिजाइन गर्दै आइरहेकी छिन् । सन्नीले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरमा पनि सरिनाको नाम उल्लेख गरेकी छिन् । सरिनाले हितेन्द्र कपोपारासँग मिलेर सन्नी लियोनीका लागि स्टाइलिसको काम गरिरहेकी छिन् । हितेन्द्र भारतका सेलिब्रिटी स्टाइलिस्टरहरुमध्ये एक हुन् ।

सरिनाले सन्नीसँग मच्चाओ म्युजिक प्रोडक्शनमा पनि स्टाइलिस्टको काम गरिरहेकी छिन् । फेसन डिजाइनरको लक्ष्यका साथ अगाडि बढेकी सरिनाले ‘नाच बेबीनैना री पतङ’ गीतको भिडियोमा स्टाइलिस्टको रुपमा काम गरेकी छिन् ।

उनले, केही बलिउड फिल्म र भिडियोमा पनि स्टाइलिस्टको रुपमा काम गरेकी छिन् । सरिनाले मोडल तथा नायिका अदिती वुढाथोकीको लागि पनि डिजाइनरको रुपमा काम गरिरहेकी छिन् । झापाको दमकमा जन्मिएकी सरिना आफूलाई फेसन दुनियाँको बजारमा स्थापित गर्न लागिपरेकी छिन् ।

नेपालमा स्टाइलिस्टलाई पेशागत रुपमा बदल्न अझै धेरैले सकिरहेका छैनन् । तर, केही यस्ता प्रतिभाहरु प्नि छन् जो विश्व बजारमा नै आफ्नो छाप छाड्न सफल छन् । सरिना यही भिडमा आफूलाई फरक देखाउन मिहिनेत गरिरहेकी छिन् ।