वर्षाको बर्थ डेमा संजोग लेख्छन्–‘तिम्रो अनुहारबाट मुस्कान कहिले नहराओस्’

नायिका वर्षा राउत आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नेपाली फिल्म क्षेत्रमा ‘नाई नभन्नु ल ४’बाट प्रवेश गरेकी वर्षा यो बर्ष रिलिज भएको ‘के घर के डेरा’को सफलताले खुशी छिन् ।

वर्षाको करिअर जसरी उतारचढावका बिच अगाडि बढिरहेको छ, त्यसरी नै उनको व्यक्तिगत जीवनमा पनि उतारचढाव आइरहेको छ । बिशेषगरि, बैबाहिक जीवनमा आएको खटपटको खबरले वर्षा यो बर्ष चर्चामा रहिन् । तर, उनी फेरि बैबाहिक जीवनको सुखद पलमा अगाडि बढिरहेकी छिन् । कलाकार तथा व्यापारी संजोग कोइरालासँग ४ बर्ष अगाडि बिहे गरेकी वर्षा अब कम तर राम्रो फिल्ममा काम गर्ने बताउँछिन् ।

वर्षाको जन्मदिनमा सयौं शुभकामनाहरु आइरहेका छन् । तर, उनलाई उनका श्रीमान् संजोगले दिएको शुभकामना भने विशेष छ ।

संजोग लेख्छन्–‘तिम्रो जन्मदिनमा शुभकामना दिन मसँग शब्दहरुको कमी छ । तिमीलाई प्रेम र भाग्यले सधै साथ दिओस् भन्ने कामना गर्दछु । तिम्रो मुहारमा मुस्कानले कहिले पनि नछाडोस् ।’ संजोगले वर्षालाई शुभकामना दिदै उनको जीवनमा सधै नै खुशी र समृद्धी छाइरहोस् भनेर पनि लेखेका छन् ।