फिल्म ‘पुष्पा’ निर्माताका १५ स्थानमा आयकर विभागको छापा, विदेशी लगानीको आशंका

ब्लकबस्टर फिल्म ‘पुष्पा’ बनाउने निर्माण कम्पनी मिथ्री मुभि मेकर्सका विभिन्न स्थानमा आयकर विभागले छापा मारेको छ । मिडिया रिपोर्टका अनुसार अधिकारीहरूले एनआरआईहरूले पनि कम्पनीमा पैसा लगानी गरेको आशंका गरेका छन्। यही आशंकाका आधारमा आयकर विभागले कम्पनीका तीन सञ्चालक यलमान्चिली रविशंकर, नवीन अर्नेनी र चेरुकुरी मोहनको घरसहित १५ स्थानमा छापा मारेको हो । यो छापा अझै जारी छ।

फिल्म प्रोडक्सन कम्पनीले हालसम्म धेरै सुपरहिट फिल्म निर्माण गरिसकेको छ । कम्पनीको ब्यानरमा बनेका रंगस्थलम र श्रीमान्थुडु जस्ता फिल्म ब्लकबस्टर साबित भएका छन् । रिपोर्टको दाबी अनुसार सोमबार बिहानैदेखि आईटी विभागका अधिकारीहरू कम्पनीको कार्यालयमा पुगेर कारबाही थालेका थिए । छापा मार्न विभिन्न राज्यका अधिकारी हैदराबाद पुगेका बताइएको छ । हाल यस छापा मार्ने सम्बन्धमा आयकर विभागले भने कुनै बयान जारी गरेको छैन।

स्रोतका अनुसार अधिकारीहरूले कम्पनीमा विदेशी लगानी भएको आशंका गरेकाले यो छापा मारिएको हो । हालै यो कम्पनीले धेरै साउथ सुपरस्टारहरूलाई ठूलो रकम तिरेर आफ्नो फिल्मका लागि साइन गरेको छ। जसमा चिरञ्जीवी, बालकृष्ण र पवन कल्याण जस्ता ठूला नामहरू सामेल छन्। तेलुगु सुपरस्टार पवन कल्याणको उत्सद पनि यही ब्यानरमा बनिरहेको छ, जुन अर्को वर्ष अर्थात २०२३ मा रिलिज हुने तयारीमा छ।

‘पुष्पा २’ मा दोहोरो धमाका ! अल्लु अर्जुनको अपोजिटमा ‘आरआरआर’ स्टार राम चरण देखिने