टिकटकमा सुष्माले गरिन् शिलुलाई अश्लिल गाली

नायिका सुष्मा कार्की र बिबाद पर्याबाची जस्तै हुन् । हातमा फिल्म नभएपछि सुष्मा टिकटक लाइभमा बसेर राम्रै पैसा कमाइरहेकी छिन् । अझ, टिकटकमा गेम खेलेर पैसा कमाउन त नेपालका नाम चलेका सेलिब्रिटी पनि अगाडि छन् ।

सुष्मा कार्की सामाजिक संजालमा लाइभ बसेर रमाइलो मात्र गर्दिनन्, मुखमा आएको अपशब्द पनि बोलिदिन्छिन् । उनी, हालै मात्र सिलु पोखरेलसँग टिकटक लाइभमा रहँदा गाली गरेर आलोचित बनेकी छिन् । खेल खेल्ने क्रममा सुष्माले हारिन् । सिलुले सुष्मालाई ३ लाख लिएर डान्स गर्ने तपाइको रेट अब त १ लाखमा झर्यो होला नी होइन भन्दै उक्साएकी छिन् ।

तर, यसो भन्दै गर्दा सुष्मा आक्रोशित बनिन् र व्यवसायिक कुरा नगर्न चेतावनी दिइन् । यसो भन्दै गर्दा सुष्माले सिलुमाथि अपशब्द प्रयोग गरिन् । जुन, हामी यहाँ उल्लेख गर्न असमर्थ छौं ।

सुष्माको क्रेज नेपाली फिल्ममा छैन । तर, उनलाई नेपाली दर्शकले भने राम्रैसँग चिन्छन् । तर, एउटा नाम चलेको कलाकारले सामाजिक संजालमा आएर मनलाग्दी शब्द बोल्नु शोभनीय कुरा होइन । कि, सुष्माको लागि अब शोभनीय कुरा पनि हराउन थालेको हो ?