अभिनेता रोहित रुम्बालाई उत्कृष्ट अभिनेता अवार्ड
चौथो ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल २०२२’बाट अभिनेता रोहित रुम्बालाई उत्कृष्ट अभिनेताको अवार्ड । रोहितले फिल्म ‘लाखे’ बाट सो अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।
२१ बर्षको अभिनय करियरमा रोहितले पहिलो पटक अवार्ड प्राप्त गरेपछि उनले सामाजिक सञ्जाल मार्फत शेयर गर्दै अवार्डले अझ काममा दत्तचित्त भएर लाग्न प्रेरणा मिलेको बताएका छन् ।
उनी भन्छन्, ‘२१ बर्षको अभिनय करियरमा उत्कृष्ट अभिनेताको अवार्ड हात पर्यो’ । ‘फिल्म ‘लाखे’ टिम र निर्देशक सम्राट बस्नेत प्रति आभारी छु ।’
लव ईन चाईना बोर्डर, रुद्राक्ष, तोरी लाहुरे, उफ यो मन, धुम २, रघु, नेप्टे लगायत दर्जनौ फिल्म अभिनय गरेका रोहितले टेलिफिल्ममा पनि अभिनय गरेका छन् ।
हेटैँडामा जन्मेका रोहित विगत दुई दशकदेखि सिनेमा जगतमा आवद्ध भई अभिनयमा क्रियासिल रहेर लाखैँ दर्शक स्रोताको मन जितन सफल हुदै आएका छन् । स्टार बन्ने सपना बोकेर फिल्म क्षेत्रमा भित्रिएका उनी करातेमा ‘बल्याकबेल्ट’ समेत हुन् । उनी अभिनित पछिल्लो फिल्म ‘लाखे’ गत भदौमा प्रदर्शनमा आएको थियो ।
रोहित नेपाली फिल्म क्षेत्रभित्र आफुलाई स्टार भन्दापनि चरित्र अभिनेताको रुपमा अबल साबित गर्न खोजिरहेका छन् ।
चलचित्र विकास बोर्डमा आयोजित महोत्सवमा गत २२ मंसिरदेखि सुरु भई तीन दिनसम्म चलेको थियो । जसमा ३४ देशका विभिन्न विधाका ७२ अन्तर्राष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्म सहभागी थिए ।
प्रतिक्रिया