नम्रतालाई स्क्यान्डलले साथ दियो, फिल्मले दिएन

नायिका नम्रता सापकोटा आफूलाई चित्त नवुझेको कुरा खुलेरै बोल्छिन् । अझ, उनी आफूलाई मन नपर्ने कलाकारको बिषयमा त सिधा वा घुमाएर नै किन नहोस्, तर्क गर्न अगाडि छिन् । फिल्म ‘डेसान’को प्रचारका क्रममा पनि नम्रताका यस्ता बयान सार्वजनिक भएका थिए ।

कहिले फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ हाबी भएको बताउँदै तर्क गर्ने नम्रता कहिले ‘बिहे नगरि बच्चा पाउन चाहन्छु’ भनेर चर्चामा आउँछिन् । यसैले, त उनी आफू सधै मिडियामा छाएको भन्दै फ्लप नायिका भन्न नहुने तर्क गर्छिन् ।

जेहोस्, नम्रतालाई स्क्यान्डलले त गज्जबले साथ दिएकै छ । तर, फिल्मको हकमा भने उनी अनलक्की नै भइन् । किनकी, फिल्ममा उनको अभिनय राम्रो भएको समीक्षा आउने गर्दछ । फिल्म ‘डेसान’मा पनि उनले नेगेटीभ भूमिका राम्रोसँग निर्वाहा गरेकी छिन् ।

तर, फिल्म हेर्न दर्शक नै नआइदिएपछि कसको के लाग्छ ? नम्रतालाई दर्शकले शुक्रबार पनि पत्याउन सकेका छैनन् । फिल्म ‘छक्का पन्जा’लाई छाड्ने हो भने उनले हिट फिल्म भनेको कस्तो हुन्छ भनेर पनि सायद विर्सिइन् होला ।

तर, एउटा कुरा के सत्य हो भने एक दशक भन्दा लामो समयदेखि उनी फिल्म क्षेत्रमा सक्रिय छिन् । फिल्म वा म्यूजिक भिडियोमा उनले काम गरिरहेकी छिन् । तर, गसिपले साथ दिएपनि नम्रतालाई फिल्मले साथ नदिदा केही हदसम्म समस्या भने भएको छ ।