मलिका र उपासनाको प्रश्न–‘साच्चै, हाम्रो ब्याइफ्रेन्ड किन छैनन् ?’

नेपाली फिल्म क्षेत्रमा कलाकारहरुको साथी निक्कै कम हुन्छन् । अझ, एउटै जेनेरेशनको कलाकार परेको खण्डमा त मित्रताको डोरी कस्न झनै समस्या पर्छ । तर, पछिल्लो केही हप्तायता नायिकाद्धय उपासना सिंह ठकुरी र मलिका महतविचको मित्रता बाक्लिन थालेको छ ।

मलिका र उपासना एउटै कलेजमा पढेपनि उनीहरुबिच बोलचाल भने भएको थिएन । तर, केही हप्ता अगाडि एक म्यागेजिनका लागि फोटोसुट गर्ने क्रममा यी दुइको भेटघाट भएको हो । त्यहाँबाट बलियो बनेको दुइको मित्रता अहिले ह्याङ आउटमा पुगिसकेको छ ।

मलिका र उपासनाले एक अर्काको मित्रता लामो समयसम्म चल्ने बताए । उनीहरुले, दुबै जनाको बानी ब्यहोरा पनि मिल्ने भएकाले साथी बन्न समय नलागेको सुनाए । तर, रमाइलो कुरा सुनाउँदै मलिका र उपासनाले आफूहरु प्रेममा नरहेको सुनाए । दुबैले एकसाथ प्रश्न गरे–‘साच्चिकै हामी प्रेममा छैनौं । साच्चै, हाम्रो व्याइफ्रेन्ड किन छैनन् ?’

यसो भन्दै गर्दा दुइले करिअरमा फोकस गरेको समेत सुनाए । उपासनाले अभिनय गरेको ‘डिसेम्बर फल्स’ पौषको १५ गतेबाट रिलिज हुँदैछ ।