एक दिनमा १० लाख खर्च गर्दै सकियो ‘डिसेम्बर फल्स’को सुटिङ
निर्माता रामप्रसाद रिजालले फिल्म ‘डिसेम्बर फल्स’का लागि राम्रै पैसा खर्च गरेका छन् । फिल्मको दृश्यदेखि गीतसम्मका लागि रिजालले गरेको मिहिनेत पौष १५ गतेपछि देखिनेछ । किनकी, यो फिल्म पौषको १५ गतेबाट देशभर रिलिज हुँदैछ ।
फिल्म रिलिजका लागि ३ साता बाँकी रहेको समयमा यसको निर्माणपक्षले छायांकन सकेको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, एउटा दृश्यका लागि हेलिकप्टर चार्टर गर्दै पुरै यूनिट लाङटाङ पुगेको थियो । एक दिनको छायांकनका लागि निर्माणपक्षले १० लाख बढी खर्च गरेको बताएको छ ।
प्रविण झाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, नरेश भट्टराई लगायतका कलाकारको अभिनय छ । फिल्मको ‘फकाउनै जानीन’ बोलको गीत र टिजरलाई दर्शकले अत्याधिक माया गरेका छन् । फिल्मको ट्रेलर केही दिनमा नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ ।
फिल्मले उपासनाका लागि आर्यनको एक्सन र लभको कथा भनेको छ ।
प्रतिक्रिया