नेपाली फिल्मका लागि उदेकलाग्दो बन्यो मंसिर महिना
एकातिर प्रतिनिधी सभाको निर्वाचन त अर्कोतिर विश्वकप फुटबलको रौनक । आम मानिसहरु विशेषगरि फुटबलको रौनकमा रमाउँदै गर्दा नेपाली फिल्मका लागि मंसिर महिना उदेकलाग्दो बन्यो । यो महिना ४ वटा फिल्म रिलिज भए, तर ती चारै वटा फिल्मले हलमा दर्शकको सानो अंश पनि तान्न सकेनन् । अझ, भन्नुपर्दा यी चारैवटा फिल्मको व्यापारिक अवस्था दयनीय नै बन्यो ।
यो महिना ‘मीलन, पासो, डेसान, कमान्डो’ लगायतका फिल्म रिलिज भए । चारै फिल्ममा दर्शकको चरम खडेरी लाग्यो । मंसिर महिनामा रिलिज भएका यी चार फिल्मबाट निर्माताले एक रुपैयाँ पनि हात नपार्ने निश्चित छ ।
चार फिल्मबाट निर्माताको ३ करोड हारहारीको बजेट बालुवामा पानी भयो । यसैले, ‘महापुरुष’ पछि नेपाली फिल्ममा व्यापारीक खडेरी लागिरहेको समयमा अब कुन फिल्मले दर्शकको साथ पाउँछ भन्न सकिने अवस्था छैन ।
प्रतिक्रिया