हिमाल सागर भन्छन् – ‘ए हो र माया’ले २० ओटा इट्टा थपिदिने काम गर्यो

हिमाल सागर र अनु चौधरीको आवाजमा रोमान्टिक गीत ‘ए हो र माया’ले यतिबेला निकै चर्चा पाइरहेको छ । सार्वजनिक गितले दोस्रो हप्तासम्म आइपुग्दा युट्यूबमा चार मिलियन भन्दा बढी भ्यूज पाएको छ ।

युट्यूबका साथै यस गीतले टिकटकमा पनि उत्तिकै राम्रो स्थान ओगट्न सफल भएको छ । टिकटकमा गीत निकै ‘भाइरल’ छ । चर्चित टिकटकरसम्मले गितमा टिकटक बनाएका छन् । यो गीतमा २७ लाख बढी टिकटक बनेको छ । मायालु जोडीबीचको प्रेमभावले सजिएको यस गीतमा विमल अधिकारी र सनिशा भट्टराईको अभिनय रहेको छ । गीतमा बिमल अधिकारीको शब्द तथा संगीत छ । कमल सौरागको एरेन्ज छ । यो गीत लोक पप शैलीको रहेको छ ।

यस गीतका गायक हिमाल सागर भन्छन्, ”यो गीतका शब्द संगीतलाई सबैले मन पराइदिनु भएको छ । गीत चल्नुको मुख्य कारण शब्द, संगीत, संगीत संयोजन र गायन रहेको छ । अहिलेसम्म हामीले होर्दा २७ लाख भन्दा बढीले टिकटक बनाउनुभएको छ, ४.२ मिलियन भन्दा बढी दर्शकले युट्युबमा हेरिसक्नुभएको छ, यो सबै दर्शक श्रोताको मायाले गर्दा पाउँन सफल भएको छु । मैले विमल जी सँग पहिलो सहकार्य गरेको हो । पहिलो चोटीमै हाम्रो सहकार्य फापेको छ । गीतले पाइरहेको माया सोचे भन्दा फरक पायौँ ।”

यो गीतले नै हो त तपाँइलाई राता रात हिट बनाएको भन्ने हाम्रो पश्नमा हिमाल भन्छन् – त्यो कदापी हैन यस अघि पनि हिमाल सागर चिनाउन थुप्रै गीतले सहयो गरेका छन् बस यो गीतले चै अरु गीतबाट बनेको बाटोमा २० ओटा इट्टा थपिदिने काम गरेको छ । मैले पहिलै पनि हिट गीत नदिएका हैनन् ‘न मैले लेखे नउनले लेखिन…’ गीतले मलाई नचिनाएको कहाँ होर यो बेला अहिले जस्तो सामाजिक सञ्जाल फेसबुक टिकटक थिएन । त्तकालै चार्चा पाउन गाह्रो थियो, हिटको रिजल्ट तुरुन्तै देखिदैन थियो । अहिले प्रत्यक्षरुपमा देखिन्छ । मेरोलागि फरक केही हैन राम्रो काम भए पछि माया जसरीनी पाइन्छ ।

उनी अघि थप्छन्, ”मेरो माया मारेपछि.., ‘मेरो मनमा आगो आउने को…, मेरी निशा… , ‘कल्लाई था छैन…’ले पनि त मरो चिनारी दिलाउने काम गरेका छन्। दर्जनौं गीत हिट गीत भए पनि यतिबेला  ‘ए हो र माया’ले अझ चर्चामा ल्याउन मदत गरेको छ । प्रमोशनका लागि टिकटकले एकदमै धेरै टेवा पुर्याएको छ । टिकटकमा सुनेर, हेरेर युट्युबमा गएर हेरिदिनेहरू धेरै हुनुहुन्छ । हाम्रो गीतले यती धेरै चर्चा अहिलेका सामाजिक सञ्जाल पेलेट र्फमहरुनै हुन् । सबैले मेहनत गरेका थियौँ । दर्शक स्रोताको मन जित्न सफल भयौँ जस्तो लाग्छ ।”