संयम–आश्माको बिहे पार्टीमा विपिनसँग किन पुगिन् पूजा ?

नायक संयम पुरी र नायिका आश्मा डीसीले बिहेको ५ दिनपछि बुधबार काठमाडौंको नर्लिङ रिसोर्टमा पार्टीको आयोजना गरे । पार्टीमा फिल्म क्षेत्रका केही मानिसहरुलाई मात्र बोलाइएको थियो ।पार्टीमा नायिका पूजा शर्मा नायक विपिन कार्कीसँग पुगेकी थिइन् । एउटै गाडीमा पूजा र विपिन पुगेका थिए । विपिन र पूजाले एकसाथ आजसम्म फिल्ममा काम गरेका छैनन् ।

तर, पनि उनीहरु फिल्मीकर्मी अनुराग कुँवरको गाडीमा एकसाथ पुगेका थिए । अनुराग नायक विपिन कार्कीसँग निक्कै नजिक छन् । संयम र आश्मालाई विपिन र पूजाले शुभकामना दिए । पूजा सारीमा पुगेकी थिइन् । काठमाडौंको जाडोलाई समेत चुनौती दिएकी पूजा सारीमा निक्कै खुलेकी थिइन् ।

बिहे पार्टीमा नायिका नम्रता श्रेष्ठ, केकी अधिकारी, रीमा विश्वकर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी लगायत पनि पुगेका थिए ।  ७ बर्ष लामो प्रेम सम्बन्धलाई आश्मा र संयमले बिहेमा परिणत गरेका हुन् ।