सलोनको बिहेमा देखिएको अनमोल र सलिनमानको मित्रता
४ बर्ष अगाडि नायक अनमोल केसीले अभिनय गरेको फिल्म ‘ए मेरो हजुर ३’ र नायक सलिनमान बनियाँले अभिनय गरेको फिल्म ‘यात्रा’ बक्स अफिसमा जुधेका थिए । सो समयमा बक्स अफिसमा एक अर्काको प्रतिस्पर्धी बनेपनि नायक अनमोल केसी र सलिनमान बनियाँविच व्यक्तिगत दुश्मनी भने खासै थिएन ।
तर, यी दुइबिच त्यस्तो निकटता पनि देखिएको थिएन । तर, सोमबार आयोजना भएको नायक सलोन बस्नेतको बैबाहिक समारोहमा भने अनमोल र सलिनमानबिच घनिष्ट दोस्ती देखियो । सलिनमान सलोनसँग नजिक भएकाले पनि उनी मेहेन्दी सेरेमोनीबाट नै बैबाहिक समारोहमा सहभागी थिए । अनमोल केसी भने आज मात्र बिहेमा सहभागी हुन चन्द्रागिरी पुगे ।
चन्द्रागिरीमा पुगेका अनमोल र सलिन लामो समयसम्म गफिए । अनमोल र सलिन बैबाहिक समारोहमा लामो समय एकसाथ बसेका थिए । बैबाहिक समारोहमा सलिन दिनभर नै थिए भने अनमोल करिब २ घन्टा मात्र बसे ।
उनीहरु खाना खाने समयमा पनि एकसाथ थिए । अनमोल र सलिनले करिअर र व्यक्तिगत कुराकानी गरेका थिए ।
नेपाली फिल्म क्षेत्रमा अनमोल केसी अहिलेका सर्वाधिक चलेका नायक हुन् । सलिनमानले भने २ वटा फिल्म खेलेर फिल्म क्षेत्रप्रति खासै मन बनाएका छैनन् ।
प्रतिक्रिया